मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत , ढल्यो लुम्बिनी प्रदेश सरकार

काठमाडौँ । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो।

प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत पर्यो । यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो ।

लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहने प्रावधान रहेको छ । मुख्यमन्त्री गिरीलाई सत्ता टिकाइराख्न ४४ सांसदको आवश्यक थियो । तर, उनले बहुमतका लागि आवश्यकभन्दा कम मत पाएका हुन् ।

यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ ।