चितवन २ मा मतगणना सुरु

काठमाडौँ । चितवन – २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । सोमबार दिउँसो प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको हो।

आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो। बैठकमा नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको आरोप लगाएका थिए।

चितवन २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।