मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सरकारले आज सार्वजनिक गर्ने नीति तथा कार्यक्रम स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेपछि आजै अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।