लगातार उकालो लाग्दै सेयर बजार

काठमाडौं । साताको सेयर कारोबार दोस्रो दिन आज सेयर बजार परिसुचक नेप्से ८ अंकले वृद्धि भएको छ ।

पछिल्लो ५ दिनदेखि लगातार रुपमा बढिरहेको सेयर बजार परिसूचक नेप्सेमा आज ८.१० अंकको वृद्धि भएको हो । ८.१० अंकले बढेर नेप्से आज १८९१.३१ बिन्दुमा उक्लिएको छ ।

नेप्सेमा वृद्धि भए सँगै आज कारोबारमा पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ । आज ३४ लाख ९५ हजार कित्ता सेयर कूल १ अर्ब २७ करोड ८७ लाख बराबरमा कारोबार भएको छ ।

१३३ कम्पनीको मुल्य बढेको दिन आज ७८ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । त्यस्तै १० कम्पनीको मूल्यमा कुनैपनि परिवर्तन नभएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।