एकै रातमा चारवटा पसलमा चोरी

काठमाडौं । झापाको शिवगञ्ज बजारमा एक चोरले एकै रातमा चारवटा पसलको सटर फुटाएर ङ्खलावद्ध चोरी गरेको पाईएको छ । उक्त चारवटा पसलमा चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ सकेत गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका– ५ स्थित आमवारी टोल निवासी ५६ वर्षीय छविलाल खवास (चौधरी) रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । शिवगञ्ज बजारमा पसलको सटर फुटाएर श्रृङ्खलावद्ध चोरीका घटना बढेसँगै प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरीका सामानसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको घरमा खोज तलास गर्दा दराजमा लुकाइछिपाइ राखेको चुरोटसहित विभिन्न सामग्री बरामद गरेको छ । साथै चोरी घटनामा प्रयोग हुने विभिन्न औजार समेत उनको घरबाटै फेला परेको डीएसपी रिजालले बताए ।

पक्राउ परेका खवासलाई चोरी मुद्दामा झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।