सुनको मूल्य आज बढ्यो

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यस्तै छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैबिच बुधवार चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।