चौधरीको आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासन सम्बन्धी अवधारणा विपरीत : नेपाल बार

काठमाडौं । नेपाल बार एशोशिएशनले रेशम चौधरीको आममाफी विधिको शासन र संवैधानिक सर्वोच्चता विपरीत भएको ठहर गरेको छ । नेपाल बार एक विज्ञप्ति जारी गर्दै बारले आममाफीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

बारले नेपालको संविधानको धारा २७६ ले राष्ट्र प्रमुखको हैसियतले अदालत, न्यायिक वा अर्धन्यायिक वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी परिवर्तत वा कम गर्न सक्ने संवैधानिक प्रावधान रहेकोमा सोको प्रयोग कानूनको परिधि भित्र रही गर्न पर्ने निर्दिष्ट गरेकोमा फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा २४ र ३७ द्वारा निर्दिष्ट प्रावधानको प्रतिकूल सजायको माफी मिनाहा हुन सक्ने परिकल्पना नगरेको उल्लेख छ ।

गणतन्त्र दिवसमा विभिन्न अदालतबाट भएको सजायलाई माफी दिइँदा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै टीकापुर घटनाका दोषीलाई राष्ट्रपतिबाट माफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धी अवधारणाविपरीत भई यस्तो कार्यले दण्डहिनताले प्रशय पाउने बारको निष्कर्ष छ