अनलाइन किनमेललाई नियमन गर्न कानून बनाइने

काठमाडौं । सरकारले ई-कमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन तथा नियमन गर्न छुट्टै कानून बनाउने भएको छ ।

सोमबार संसद्‌को संयुक्त वैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।

विद्युतीय हाट बजारमार्फत लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गरिने पनि उनले बताए ।