राष्ट्रपति पौडेलको गरियो मुटुको शल्यक्रिया

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया भएको छ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबारदेखि भर्नारत पौडेलको आज मुटुको शल्यक्रिया गरिएको हो ।

शल्यक्रियापछि पेसमेकरसमेत राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।