धान दिवसका दिन ट्याक्टर चलाउँदै मन्त्री भुसाल

काठमाडौं । २० औँ राष्ट्रिय धान दिवस आज मनाइँदैछ। यो वर्ष ”जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो।

कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) को कार्यालय खुमलटारमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको पनि उपस्थिति रहेको थियो । मन्त्री भुसालले सोहि अवसर पारेर ट्याक्टर समेत चलाएका छन् ।