संसद् छलेको भन्ने आरोपबारे मुख्यमन्त्री कार्कीको गरे खण्डन

काठमाडौं ।  बिहीबारको प्रदेश सभाको बैठक छलेर हिनेको भन्ने आरोप लागेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उक्त कुराको खण्डन गरेका छन्।

प्रदेश सभामा आफूलाई विश्वासको मत मागेर उक्त प्रस्तावमाथि उठेका प्रश्नको जवाफ नदिइ हिनेका कार्कीले संसद छलेर ‘भागेको’ आरोप लागेको थियो। विशेष गरी विपक्षी दलहरुले उक्त आरोप लगाएका थिए।

बिहीबार ३० मिनेट समय मागेर स्थागित भएको प्रदेश सभाको बैठक शुक्रबार ११ बजे बसेको छ। शुक्रबार कार्कीले बिहीबार आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै छन्। उनले सोही क्रममा आफू माथी लागेको आरोपको खण्डन गरेका हुन्।

‘मैले माननीय सभामुख ज्यूसँग समय माग नेपालको संविधान, प्रदेश सभा नियमावली र प्रचलित कानुनका आधारमा लिएको हुँ। मैले पूर्व सूचना दिएर समय मागेको थिएँ। यसलाई अतिरञ्जित गर्नु दुस्खद हो,’ कार्कीले भने।