पप्पु कन्स्ट्रक्सनका रौनियार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई संघीय राजधानीको बानेश्वर एरियाबाट पक्राउ गरेको छ ।

बाँके जिल्लामा रहेको ठगी मुद्दाको आधारमा रौनियारलाई नेपाल प्रहरीको बानेश्वर वृत्तबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाँके जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा उनलाई नियन्त्रणमा लिइएको बानेश्वर वृत्तले जनाएको छ । वृत्तका अनुसार पक्राउ परेका रौनियारलाई आजै बाँके जिल्ला प्रहरीलाई जिम्मा लगाइनेछ ।

रौनियारको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएर काम पूरा नगरेका धेरै योजना रहेका छन् । जसले तत्कालीन प्रतिनिधिसभा सदस्य रौनियार विवादमा मुछिएका थिए ।