धान दिवसको अवसरमा खेतमा गएर धान रोपे जस्तो गर्ने नेताहरूलाई बालेनले दिए कडा जवाफ

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले धान दिवसको अवसरमा हिजो असार पन्ध्र गते एक दिन देखाउनकै लागि राजनीतिक दलका नेताहरू खेतमा गएर धान रोपेको भन्दै घुमाउरो पारामा कडा व्यङ्ग्य गरेका छन् ।

उनले नेताहरूलाई फेरि ‘भारतको गुलाम’को संज्ञा दिएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमार्फत बालेनले नेताहरूलाई वर्षभरि धान रोपे भारतीय गुलाम हुनुनपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनुभो भने तपाईँहरू भारतको गुलाम हुनु पर्दैन ।’