प्रधानमन्त्रीको अभिव्यक्तिले एमालेमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको दिएको एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमाले भित्र खैलाबैला मच्चिएको छ। आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह धेरै पटक दिल्ली गएको भनी प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमाले भित्र खैलाबैला मच्चिएको हो।

यसबारे विस्तृत छलफल गर्न एमालेले आफ्नो संसदीय दलको बैठक समेत बोलाएको छ। आज दुबै सदनको बैठक बस्दै छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो ३ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक साढे २ बजे बस्नेछ। त्यसअघि एमालेले आफ्नो संसदीय दलको बैठक दिउँसो १ बजेलाई बोलाएको हो।

नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा यो विषय जवाफ माग्ने तयारी गरेको बताइएको छ।