सरदारले लेखेको कुरा मैले बोलेको हुँ : प्रधानमन्त्री

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने विषयमा मुख खोलेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गर्ने तयारी गरेपछि उनले पार्टी निकट अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै सिंहले बोलेको कुरा आफूले बोलेको मात्रै बताए ।

उनको भनाइ जस्ताको जस्तैः

आज म सुन्दैछु एउट किताब विमोचन गर्दै गर्दा मैले बोलेको । उनले बोलेको कुरा मैले बोलेको । मेरो कुरा होइन । उनले बोलेको मैले भने उहाँ सेवा र यातायातको क्षेत्रमा मात्रै होइन । राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ रु कहिले दिल्ली, कहिले नेपालको पार्टीहरुसँग छलफलमा लाग्नुहुन्थ्यो ।

उहाँको बारेमा भनेको कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन । त्यसले के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै पूर्वाग्रह र विक्षिप्त छ भन्ने कुरा देखिन्छ । तर, हामी दृढताका साथ आफ्नो मिसनमा अगाडि बढेका छौं ।