भारतले धौलीगंगाको बाँध खोल्दै, महाकालीको बहाव बढ्न सक्नेभएकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं । भारतले मंगलबार धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सूचना प्रकाशित गरेर मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको हो।

‘मिति २०८०/०३ /२६ गते विहान ५ः०० बजेदेखि २०८०/०३/२६ गते बेलुकी ८ः०० बजेसम्म सिल्ट सफाईको कार्य हुने र उक्त प्रयोजनका लागि बाँध ढोका खोलिने भनि एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ, भारत पक्षबाट पत्राचार भएको हुँदा मिति २०८०/०३/ २६ गते विहान ५ः०० बजेदेखि २०८०/०३ /२६ गते बेलुकी ८ः०० बजेसम्म र तत्पश्चात्समेत महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनु हुन आदेशानुसार जानकारी गराइन्छ,’ जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् भनेको छ।