अन्धाधुन्ध गोली चल्दा चार जनाको मृत्यू

फाईल तस्बिर

काठमाडौँ। अमेरिकाको जर्जियमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा चारका  मृत्यू  भएको छ । जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चारजना मारिएका हुन् ।

मारिनेमा तीन जना पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने ४० वर्षीय एन्ड्री लङमोर भएको प्रहरीले पत्ता लगाएको छ ।

हत्यापछि फरार रहेका लङमोरसँग अहिले पनि दुई वटा हतियार रहेको भन्दै प्रहरीले निजलाई पक्राउ गर्न सघाउनेलाई दश हजार डलरको पुरस्कार घोषणा गरेको छ ।

घटनामा कति मानिस घाइते भए भन्ने बारेमा केही खुलाइएको छैन ।