अश्विनको हुटहुटी मुटु सर्जन सहितले गरे सार्वजनिक

काठमाडौं । साहित्य क्षेत्रमा बेग्लै पहिचान बनाएका साहित्यकार अश्विनी पुडासैनीको ‘समृद्धिको हुटहुटी’ वरिष्ठ मुटु सर्जन डा. अरुण मास्के, नेपाल बैकका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीेले संयुक्त रुपमा सार्वजनिक गरेका छन् । नेपाल बैकमा कार्यरत बैंकर अश्विनीकुमार पुडासैनीको हुटहुटी कृतिमा

‘सुशासन र समृद्धिका एक सय एक पाइला’ उपशीर्षक रहेको पुस्तकमा देशमा सुशासन र समृद्धिका लागि पुडासैनीले देखेको बाटोको चर्चा गरिएको छ। पछिल्लो समय प्रायः नेपाली विदेशिने गरेका छन् । उनीहरूलाई नेपालमै कसरी राख्न सकिन्छ भन्ने सकारात्मक पक्ष, रूपान्तरणका कुरा, सुरक्षा निकायको पुनःसंरचना गर्न सकिनेजस्ता विषयहरू पुस्तकमा उल्लेख छ ।

सार्वजनिक कार्यक्रममा पुस्तकको समीक्षा गर्दै डा ध्रुव आचार्यले आम मानिसलाई आफ्नो पुस्तकमार्फत सकारात्मक ऊर्जा दिने काम गरेको बताए । देशमा सुशासन र समृद्धिको नारा लगाउनेलाई सुशासनबारे नै जानकारी नहुने उनको भनाइ छ ।

अर्का समीक्षक कृष्ण हाछेथुले लेखकको सिर्जनात्मकता शैलीबारे व्याख्या गरे । उनको पहिलो कृति ‘बत्तीमुनिको उज्यालो’ पुस्तकले नै लेखकले कुनै पूर्वाग्रहबिना सिङ्गो नेपालको राजनीतिक परिस्थिति पुस्तकमा समेटेको उल्लेख गरे।

पुस्तकमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ, सुरक्षालगायत सबै राजनीतिक दलहरूको चुनावी घोषणापत्र सरकारको वार्षिक कार्यपत्रमा मात्र सीमित रहने कुरा पनि उल्लेख छ।