गाईभैंसीमा नयाँ रोग देखियो, रोगबाट जोगाउन यस्तो छ विज्ञको सुझाव

काठमाडौँ । चितवनमा बिरामी गाईभैंसीलाई ‘आइसोलेसन सेड’ मा राख्न किसानलाई आग्रह गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनले २ हजार बढी गाइभैंसीमा ‘लम्पी स्किन’ संक्रमण देखिएपछि बिरामीलाई समुहबाट अलग राख्न सुझाएको हो। विज्ञ केन्द्रका अनुसार राप्तीमा १ हजार ७३, खैरहनीमा ७ सय, कालिकामा ४ सय, रत्ननगरमा १ सय गाईभैंसीमा संक्रमण भएको छ।

यो भाइरल रोग लागेमा पशुका शरीरमा बिमिरा, गिर्खा आउने, ज्वरो आउने, सिँगान–र्याल आउने, खुट्टा सुनिने, दूध उत्पादन कम हुने जस्ता लक्षण देखापर्छन्। यो रोगले पशु मर्न पनि सक्छन्।

विज्ञ केन्द्रका प्रमुख दयाराम चापागार्इंले भाइरल रोग भएकाले बिरामी गाईभैंसीलाई छुट्टै आइसोलेसनमा राखेमा संक्रमण फैलिने सम्भावना कम हुने बताए। ुबिरामी पशुलाई सकेसम्म करिब १० मिटर पर अलग गोठमा राखौं,ु उनले भने, ुसंक्रामक रोग भएकाले एकबाट अर्को पशुमा सर्न सक्छ। उनका अनुसार लामखुट्टे, झिँगा, डाँठ, उपिँया किर्नाले रोगी पशुलाई टोकेर निरोगीलाई टोक्दासमेत सर्ने सम्भावना हुन्छ।

पशु विकास तथा प्रविधि प्रसार शाखाका पशु विकास अधिकृत रामचन्द्र आचार्यले लम्पी स्किन रोग ७ देखि १४ दिनसम्म रहने भएकाले सो अवधिसम्म बिरामी पशुलाई अलग राख्नुपर्ने बताए।

छालामा आएका बिमिरा बढेर फुटेर बग्ने पिप, ¥याल, सिँगान एक पशुबाट अर्कोमा सर्न नदिन अलग राख्नुपर्ने उनले बताए।

ुअहिलेसम्म भ्याक्सिन छैन, लक्षणका आधारमा उपचार गर्नुपर्छ,ु आचार्यले भने, ुगोठ निर्मलीकरण गर्नुपर्छ, बायोसेफ्टीका काम गर्नुपर्छ।ु

उनका अनुसार लम्पी स्किन देखा परेका गोठमा कीटनाशक विषादी छर्ने, घाउमा मलम लगाउने, इन्जेक्सन, पोटास, फिनेल लगायतका १३ प्रकारका औषधी किसानलाई वितरण गरिएको छ।

कोरोनाजस्तै लम्पी स्किन

लम्पी स्किन नेपालमा भित्रिएको नौलो रोग हो। चितवनमा पहिलो पटक साउन ८ गते राप्ती–८ मा देखिएको थियो। भारतमा यो रोग गत वर्ष नै देखिएको थियो।

पशुमा लम्पी स्किन रोग भए नभएको पत्ता लगाउन पिसिआर वा एलाइजा विधिबाट स्वाब वा रगत परीक्षण गर्नुपर्छ।

चितवनमा १६ वटा पशुमा परीक्षण गर्दा लम्पी स्किन रोगनै भएको पत्ता लागेको छ। केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा पठाइएको स्वाब परीक्षणमा लम्पी स्किन नै भएको पुष्टि भएपछि सोही आधारमा यकिन गरिएको हो।

ुसुरुमा नमुना पठाउँदा लम्पी स्किन नै भएको पुष्टि भयो, सोही लक्षणका अन्य बिरामी पशुमा पनि त्यही रोग लागेको ठम्याउन गाह्रो भएन,ु भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख दयाराम चापागाईंले भने।

भरतपुरमै रहेको पंक्षी ल्याब र रामपुरमा रहेको ल्यावमा एलाइजा र पिसिआर मेसिन भए पनि केमिकल नहुँदा परीक्षणका लागि काठमाडौँ पठाउनुपरेको बताए। रामपुरमा रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रममा हाल १ सय ९२ गाई छन्। जसमध्ये ५ वटालाई लम्पी स्किन रोग लागेको छ।

ुलक्षण मिलेकाले परीक्षणनै गरेका त छैनौं, प्राविधिक अधिकृत डा। यज्ञराज पाण्डेले भने, २ वटा किट आइसेकेको छ, छिटै परीक्षण गरेर अध्ययन गर्नेछौं।ु उनले बिरामी गाईभैंसीलाई करिब एक महिना छुट्टै राख्नुपर्ने बताए।

उनका अनुसार बिरामी रहेका ५ गाईलाई आइसोलेसन सेड (अलग गोठ) मा राखिएको छ। उनका अनुसार रोगप्रतिरोधी क्षमता रहेका गाईभैसी यो रोगबाट मर्ने सम्भावना रहेको बताए। एक सयमध्ये १ देखि ५ वटासम्म मर्नसक्ने गरेको अनुमान छ। लम्पी स्किन लागेपनि विस्तारै एन्टीबडी उत्पादन भएमा रोग निको हुने उनले बताए।