एमाले बागमती अधिवेशन : अध्यक्ष र उपाध्यक्षमा पाँच–पाँचको उम्मेदवारी,कस्ले मार्ला बाजी

काठमाडौं । सहमतिको प्रयास असफल भएपछि एमाले बागमती प्रदेशको नेतृत्व चयन निर्वाचनबाट हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि अध्यक्षका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित पाँच पदका लागि २६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा पाँचजनाले उम्मेदवारी दर्ता गरेका छन् । निवर्तमान अध्यक्ष नुवाकोटका केशव पाण्डे, मकवानपुरका कृष्णप्रसाद दाहाल, काठमाडौंका सानुकुमार श्रेष्ठ तथा रामेछापका कैलाश ढुंगेल र केशरबहादुर बुढाथोकीले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन् । पार्टी नेताहरूले अध्यक्षमा ढुंगेलका नाममा सहमतिको प्रयास गरेका थिए ।

उपाध्यक्षमा पनि पाँचैजनाको उम्मेदवारी परेको छ । सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र डा। रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

उपसचिव (खुला र महिला) मा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालले उम्मेदवारी दिएका छन् । गंगादेवी, भक्तकुमारी र रिता महिलातर्फ हुन् ।

बागमती प्रदेश कमिटीका इन्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईं, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रत्ना गुरुङ सदस्य रहेको अध्यक्षमण्डलले सहमतिको प्रयास जारी राखेको छ ।