शिक्षा विधेयकमाथि नेमकिपाको आपत्ति

काठमाडौं । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक संघमा नराखि स्थानीय तहमा नै हुनु पर्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताएका छन् । आईतवार प्रतिनिधिसभामा विधेयकमाथि छलफलका क्रममा उनले सो कुरा बताएका हुन् ।

सांसद सुवालले संघीय संरचना अनुरुप माध्यमिक तहसम्मको अधिकार स्थानीय सरकार संञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई दिएको हुनाले संसदमा प्रस्तुत गरिएको विधेयकको विरोध गर्दै उनले आधारभूत र माध्यमिक शिक्षलाई स्थानीय सरकार मातहत नै राखिनुपर्ने अडान राखेका छन् ।

विधेयकले जिल्ला शिक्षा कार्यालय व्यूँताउनु भनेको २०४७ सालको संविधान अनुरुप नै शिक्षा क्षेत्रलाई सक्रिय गराउनु जस्तै भएकाले विधेयकमा उल्लेख गरिएका कुराले नेपालको शिक्षा क्षेत्रलाई गलत मार्गमा हिंडाउने जिकिर गरेका छन् ।
संसदमा शिक्षा सम्वन्धी विधेयकमाथि छलफल भईरहेको छ ।