एसीसी यू १९ प्रिमियर कप : देव खनालको कप्तानीमा टिम घोषणा

काठमाडौं । एसीसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार टिम घोषणा गरेको हो ।

टिमको कप्तानीको जिम्मेवारी देव खनालले पाएका छन् । क्यानले उनको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो । टिममा यसअघि यू १९ खेलेका लेखाडीहरू छन् ।

प्रतियोगिता यही १२ अक्टुबरमा मलेसियामा सुरु हुँदै छ । नेपाल प्रतियोगिताको समूह ए मा छ । जसमा नेपाल, बहराइन,साउदी अरब र इरान छन् । नेपालले पहिलो खेल १२ अक्टुबरमा इरानसँग खेल्ने छ ।