घुस प्रकरणमा लेखनदास रविन्द्र उपर विशेषमा मुद्दा दायर

काठमाडौं । नवलपरासी रामग्राम नगरपालिका वडा नं १४ का लेखनदास रविन्द्र प्रसाद यादवलाई दुई लाख घुसको लागि दुरुत्साहन गरेको र मिलेमतो गरेको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वडा नं १४का अध्यक्ष गोपाल डिस्वा मगर औषधि घुस प्रकरणमा यादव पहिले सरकारी साक्षीको रुपमा नेपाल सरकारको वादीको रुपमा सामेल थिए । यादवले सम्मानित विशेष अदालतमा झुटो व्यहोरा लेखाई मुद्दालाई प्रभावित पार्न खोजेकोले प्रतिबन्धात्मक वाक्यांश बमोजिम मगर माथि पुनः मुद्दा दायर गर्नु परेको थियो ।

मुद्दालाई प्रभावित पार्न खोजेपछि औषधि प्रकरणमा लेखनदास रविन्द्रले सेवाग्राही र वडा अध्यक्षवीच भ्रष्टाचार गर्न मध्यस्थता गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । रविन्द्रले भ्रष्ट्राचार दुरुत्साहन गरेको आरोप सहित अख्तियारले भष्ट्राचार निवारण ऐन २०५९को दफा ३को उपदफा १ को घ बमोजिम कारबाही गर्न मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।