इजरायलमा जोखिममा रहेका ७० जना नेपाली विद्यार्थी भन्छन् : हामीलाई बचाउनुहोस् (नामसहित)

काठमाडौं । उत्तरी इजरायलमा रहेका नेपालीहरू पनि जोखिममा परेका छन् । हमासको आक्रमणपछि दक्षिणी इजरायलमा रहेका नेपाली विद्यार्थीहरू जोखिममा परेका थिए । १० जना विद्यार्थी मारिएका थिए । दक्षिणी इजरायलमा रहेका विद्यार्थीहरूको आज उद्धार भएको छ ।

तर उत्तरी इजरायलमा पनि नेपालीहरू जोखिममा रहेका छन् । त्यहाँ रहेका एक जना नेपालीले भिडियो पठाउँदै आफूहरू ७० जना जति जोखिममा परेको बताएका छन् । इजरायलको जेरित भन्ने ठाउँको बंकरमा बसिरहेका उनले भिडियोमार्फत आफूहरूको उद्धार गरिदिन आग्रहसमेत गरेका छन् । सरकाले चासो नदिँदा अझै बढी चिन्ता लागेको महेश भण्डारीले भिडियोमा बताएका छन् । अहिले सुरक्षित ठाउँमा लिएका मात्र होइन अन्य ठाउँमा पनि नेपालीहरू रहेको उनले बताए ।

आफूहरूले नेपाली दूतावास तेल अबिबमा सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेको र परराष्ट्र मन्त्रालयमा पटक पटक सम्पर्क गर्दा वास्ता नगरेको उनले गुनासो गरेका छन् ।

भिडियोमा पीडित विद्यार्थी सल्यानका महेश भण्डारी भिडियोमा भन्दै छन्, ‘साउदन इजरायलमा मात्र नभएर साउर्दन र नर्थतिर पनि हमला भएको छ । खान पाएको छैन । पानी पनि खान पाएको छैन । सरकार बोलेको छैन । खाना सकिसक्यो । सेभ ठाउँमा लगेका मात्र होइनन् । अरु ठाउँमा पनि छौँ । लेवनानले पनि हमला गरेको छ ।’ उनले आफूहरूको उद्धार गरी बचाउनसमेत आग्रह गरेका छन् ।

उनीहरू एउटा सानो बंकरमा बसेका देखिन्छन् । कोही निन्द्रामा झुमे जस्ता देखिन्छन् । त्रस्त अवस्थामा रहेको पीडित बताउँछन् । यो समूहसँग प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले कुरा गर्ने तयारी गरिरहेको बुझिएको छ ।

दक्षिणी इजरायलबाट आज ३२ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।