काठमाडौं । त्रिकोणात्मक टी(२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ । बुधबारदेखि सुरू हुने शृंखलामा यूएई र हङकङ पनि छन् । प्रतियोगिता विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको हो ।
१८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । उनी यसअघि घाइते थिए । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादब र अविनाश बोहरा पनि टोलीमा छन् ।
सन्दीप लामिछाने भने टोलीमा समावेश छैनन् । अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको र आफुले केहि समय परिवार सँग बिताउन चाहेको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।
Add Comment