अब ओलम्पिकमा क्रिकेटमा पनि प्रतिस्पर्धा हुने

काठमाडौं ।अब ओलम्पिकमा पनि क्रिकेट खेलकुदको रुपमा प्रतिस्पर्धा हुने भएको छ ।

सन् २०२८ ९एलए२८० मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुदमा क्रिकेटमा प्रतिस्पर्धा हुने आइसिसीले पुष्टि गरेको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसि) मुम्बईमा भएको १४१ औं बैठकले आज औपचारिक रूपमा क्रिकेटलाई सन् २०२८ को ओलम्पिकमा समावेश गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

सन् १९०० को ओलम्पिक पछि क्रिकेट पहिलो पटक ओलम्पिकमा फर्किएको हो।

ओलम्पिकमा टी-२० फर्म्याटमा खेल हुनेछ। ओलम्पिकका लागि २०२५ मा छनोट प्रक्रिया सुरु हुनेछ।

क्रिकेटसँगै २०२८ को ओलम्पिकमा बेसबल, लुक्रस, स्क्वास र फ्लाग फुटबल नयाँ खेलको रुपमा समावेश भएका छन्।