आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

 

१८ , कार्तिक काठमाडौँ । सरकारले हिजोदेखि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आइरहेको छ । आज कात्तिक १८ बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको हो ।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई चरणमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।

यो कार्यक्रम दुईदिनका लागि सञ्चालन गरिएको हो ।