जाजरकोटमा भूकम्पमा परि बिरामी हुनुभएका मानिसहरुलाई काठ्माडौं ल्याइने, उपचारका लागि वीर र ट्रमा सेन्टर तयारी अवस्थामा

 

१८, कात्तिक काठमाडौं । जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइने भएको छ । त्यसका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतले वीर र ट्रमा सेन्टरमा इमर्जेन्सी, अपरेसन थियटर र आईसीयू तयारी अवस्थामा राखिएको बताए ।

‘काठमाडौंमा पनि घाइते बिरामी ल्याइदै छ भन्ने सूचना प्राप्त भएपछि वीर र ट्रमा पदाधिकारीसहित आकस्मिक बैठक बस्यौँ र तयारी गर्‍यौं’, डा.बस्नेतले भने, ‘ट्रमा सेन्टरमा आकस्मिक कक्षका ३८ वटा बेड खाली गरेका छौं । चिकित्सकलाई तयारी अवस्थामा राखेका छौं । एम्बुलेन्सहरु विमास्थलमा पठाइसकेका छौं ।

वीर तथा ट्रमा सेन्टरका चिकित्सक र इमर्जेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा वीर अस्पतालका ६ जना चिकित्सक जाजरकोट पुगेर काम सुरू गरिसकेका छन् ।

वीर अस्पतालबाट डा। खुश्बु झाको नेतृत्वमा गएको चिकित्सक टोलीले जाजरकोट अस्पताल पुगेर काम सुरू गरेको खड्काले बताए ।

उहाँहरूले एक चरण गम्भीर खालका बिरामीलाई उपचार गरेर भेरी लगायतका अस्पताल रिफर गर्नुभएको रहेछ । त्यहाँको टिमले निर्णयपछि काठमाडौंमा बिरामी पठाउने तयारी रहेको जानकारी प्राप्त भएको छ’, डा. बस्नेतले भने ।