प्रजातन्त्र दिवसको अवसरमा पत्रकारले प्रवेश पाएनन्, क्यामरा डाउन

काठमाडौं । प्रजातन्त्र प्राप्तिका लागि कठिन अवस्थामा पनि आफूलाई सक्रिय तुल्याएका पत्रकारहरुलाई प्रजातन्त्र दिवस मनाउने स्थलमा प्रवेश रोक लगाईएको छ । सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले राष्ट्रपति प्रधानमन्त्री, मन्त्री सांसदा तथा सरकारी कर्मचारीहरु लक्षित गरी प्रजातन्त्र दिवस मनाएको थियो ।

प्रजातन्त्र दिवस सन्दर्भको समाचार संकलन तथा छायाँकन गर्न पुगेका पत्रकारहरुलाई भने सैनिकमञ्च टुँडिखेलमा प्रवेश रोग लगाएपछि पत्रकारहरुले भने क्यामरा डाउन गरेका छन् । नेपाली सेनाले निम्तो दिएका पत्रकार बाहेक अरुलाई सैनिक मञ्चमा आयोजित प्रजातन्त्र दिवसको औपचारिक कार्यक्रममा पत्रकारहरुलाई प्रवेश रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघले पे्रस विज्ञप्ति जारी गरी समाचार संकलनमा रोक लगाएकोमा आपत्ति जनाएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा नेपाली सेनाले सुरक्षा त्यसमाथि पनि विशेष सेनाको समाचार लेख्ने पत्रकारहरुलाई मात्र टुँडिखेल प्रवेश गराएको थियो ।