सिंहका वरिपरि हुँडार र स्याल !

उटा ठूलो जंगल थियो । त्यो जंगलमा बडेमानको सिंहले आफूलाई राजाका रुपमा सवैले स्वीकार गर्न वाध्य बनाएको थियो । सिंह जंगलको राजा नै यियो । त्यो जंगलमा लामो समयदेखि सिंह हराएको थियो । सिंह हराएदेखि जंगलमा बस्ने अन्य जनावरहरु को ठूलो भन्नेमा तँछाड मँछाड गरिरहेका थिए । हराएको सिंह आज आउला कि भोली आउला भन्दा भन्दै लामो समयसम्म सिंह आफ्नो जंगलमा फर्केर आएन !
सिंह जंगलमा नआएपछि वरपर रहेका साना जंगलका ठूला जनावरले त्यो ठूलो जंगललाई आफ्नो बनाउने प्रयास गरिरहे । त्यही जंगलमा जम्मिएका, हुकिएका जनावरहरुलाई बाहिरबाट आएका साना सिंहका हुँडारहरुले तह लगाईरहेको थिए । मानौ त्यो जंगलको राजा नै उनीहरु नै हुन् ।

विचरा ती जंगली जनावरहरु आफ्नो दैनिकी मै मस्त थिए । आफ्नो जंगलको सिंह राजा हराएको बर्षौ भईसकेको थियो । सिंह कुर्दा कुर्दै उनीहरुले साना जंगलका हुँडारबाट निकै नै सास्ती खेप्नु परेको थियो । त्यो कुरा सिंह आउलान् र सुनाउला भन्ने थियो ।

जंगलका राजा सिंह नहुँदा त्यो जंगल पनि कता कता उराठ लाग्ने बनेको महसुस गरेका थिए जनावरहरुले । उनीहरु जति नै जंगल सुरक्षा र समृद्धि गर्न खोजे पनि उनैलाई हैरान पार्थे ती स्याल र हुँडारहरुले । विचरा जनावरहरुको न सुनाउने ठाउँ थियो न सुनिदिने सिंह नै थिए । निकै अन्यायमा परेका थिए ती रैथाने जनावरहरु !

जंगलमा सिंहको नाम गरेर हुँडार र स्यालहरुले रजगज गरिरहेको थिए । जंगलका निकै उत्कृष्ट जडिबुटीहरु सत्यानाश पारिरहेका थिए । आफूभन्दा कमजोर जनावरलाई त उनीहरुले जंगलबाट नै लखेटिरहेका थिए । हुँडार र स्यालहरु जंगल रित्तो पार्न चाहन्थे र आफै राज गर्न । तर पनि कतिपय जंगली जनावरहरु हुँडार र स्याललाई आफ्नो बलबुताले भ्याएसम्म ङ्यार ङुर गर्न भने छाडेका थिएनन् ।

जंगलमा रहेका मृग, हरिण,हात्ति, बाँदर, सर्प, विच्छी लगायतका जनावरहरु न त जंगल छाड्न सक्ने अवस्थामा थिए । न त हुँडार र स्यालको कर्कसो स्वर सुनेर बस्न ! तर ती वाध्य थिए ।

हुँडार र स्याल मिलेर जंगली जनावरलाई हैरान बनाएपछि एक दिन हात्तिले भन्यो, ‘हेर साथी हो, म जति नै ज्यानले ठूलो भएपनि त्यो हुँडार र स्यालसँग डराउनु पर्ने अवस्था आयो । अव यसरी कति दिन बस्ने ? म त यो जंगल छाडेर जाँदैछु !’

हात्तिको कुरा सुनेर मृग पनि हो मा हो थपिरहेको थियो । ‘हात्ति दाईको कुरा मलाई निकै चित्त बुझ्यो, मैले त अस्तिनै जान खोजेको हो भन्नै नसकेर बसिरहेको थिएँ ।’ यो जंगलमा हामीलाई न्याय दिने कोही नभएपछि किन बस्नु । अरु पल्लो जंगलमा शरण लिएर बस्दा खुशी भईन्छ ।

मृगको अत्यास टिठलाग्दो भनाईले बाँदर मुसुमुसु हाँसिरहेको थियो । बाँदर हाँसेको देखेर हरिणले भन्यो, ‘होइन ओई वाँदर तँ चाँहि किन हाँसिरहेको छन् । यहाँ झन् सवैको दुखलाई पार कसरी लगाउने भन्ने छलफल गरिराख्या छौ उ भने खित्काउँदै हाँस्छ !

हरिणलाई आफूलाई झपारेपछि बाँदर पनि झोक्किँदै भन्छ । , ‘हुतिहाराहरु आफूलाई ठूला सम्झेने धेरै दर्गुछु भन्ने मसँग कसैसँग नभएको कस्तुरी छ भन्ने । म डसेर पनि मार्न सक्छु भन्ने तिमीहरु जंगली जनावर लाछी भएको देखेर हाँसेको नि । तिमीहरु जस्तो आफ्नो थाकथलो छाडेर हुँडार र स्यालसँग डराएर भाग्नु छैन मलाई ।
बाँदरले साथीहरुलाई शक्ति थपिदियो । जंगला छाडेर जान्छु भन्ने हात्ति र मृगलाई अलि जोश बढेर आयो । मृगले फेरि भन्यो । ‘तिमीले साँच्चै भनेको कि हामीलाई बर्बाद पार्न भनिरहेका छौं ?’

तिमी जत्तिको बुद्धिमानीले म जस्तो बाँदरलाई यस्तो कुरा भनेको सुहाँउछ ? म त लड्ने हो । हुँडार र स्यालले आफूलाई सिंह सम्झिरहको छन् । ती सिंह हुँदै होइन । तिनीहरुसँग म जावो बाँदर लड्न खोजेको छु भने हात्ति दाई त्यसै डराएर अर्काको ठाउँमा जाने ?
बाँदरको भनाई ठिकै लाग्यो भन्न थाले हात्ति पनि । हात्ति हात्ति नै हो सवैको साथी पनि हो । तिमीहरुले जे भन्छौं म त्यही गर्छु ।
अहिले यो जंगललाई अन्याय भईरहेको छ । जंगलमा बस्ने तिमीहामी पनि अन्यायमा परेका छौं । हुँडार र स्यालहरु त्यो सानो सिंहका वरिपरि छन् । त्यत्तिकैमा तिमीहरु डराईरहेका छौं । तर म बाँदर हुँडारहरुलाई तह लगाउँछ भन्नेमा ढुक्क छु । अनि यही जंगलका सिंह आउछन् र हामीलाई न्याय गर्छन् भन्नेमा पनि ढुक्क छु । यदि मलाई सवैले साथ दिने हो भने म यी हुँडार र स्यालसँग कुस्ती खेल्छु ।
बाँदरले हुँडार र स्याल विरुद्ध हुँङकार गरेपनि हात्तिले आफ्नो सँुडलाई फनक्क पारेर घुमायो । आँखा रातो रातो बनायो । मृगले तीनफन्का फनऽन फन्क्यो । मानौ अव यी जंगली विभिन्न जाती मिल्न खोजिरहेका छन् ।
बाँदरको कुरा सुनेर वरपर मौन बसेका विच्छी, सर्प भ्यागुता, हरिण, चमेरो, सुगा लगायत पनि आआफ्नो किसिमले हुँडार र स्यालसँग लड्छु भन्दै हात्तिका सामु आए । जंगलमा बसेका सवै जनावरहरु एक भएर भोली विहान सवेरै हुँडार र स्यालाई वरिपरिबाट घेर्ने योजना बनाए ।
सवैले आआफ्नो योग्यता देखाउन र एकले अर्कालाई सहयोग गरेर सानो सिंहको वरिपरि बसेर सवलाई तह लगाउने कुचेष्टा गरिरहेका हुँडार र स्याललाई खेद्ने निधो गरे । उनीहरु एक रातका लागि कोही कतै नछुट्टिने बाचा पनि गरे ।
यी जनावरहरुले बाचा गरे जस्तै हुँडार स्यालको बासस्थान तिर लागे । मध्यरातमा सानो सिंहको वरिपरि मस्त मारिरहेका हुँडारका छेउ पुगेर हात्ति जंगलै थर्कने गरी करायो । बाँदरले आफूले वोकेको धारिलो हतियार हुँडारलाई प्रहार ग¥यो । हुँडार र स्यालल थर्रथर्र काँप्न थाले ।

जंगलका सवै जनावरहरु एकै ढिक्का भएर आएको देखेपछि उनीहरुले सानो सिंहसँग कानेखुशी गर्न थाले । सानो राजा, अव हाम्रा दिन गए जस्तो छ । हामीले जति मस्त ग¥यौं ग¥यौ । अव यी जंगली जनावर एक ढिक्का भएर हामीलाई सिध्याउने गरी आएका छन् । हामी यो जंगलबाट भागेर आफ्नै जंगल जानुको विकल्प छैन भने ।
हुँडार र स्यालले सानो सिंहसँग कानेखुशी गरेको चाल पाएको हात्तिले एक पाइला अघि गरेर आफ्नो सँडले हुँडारलाई अठ्याउने प्रयास गर्न खोजेको मात्र के थियो । हुँडार, स्याल र सानो सिंह जंगलबाट कुलेलम ठोके ! – प्रभाव राष्ट्रिय दैनिकबाट