अन्जु पन्तको गीतबाट भिम धितालले सुरुगरे निर्देशनको यात्रा

काठमार्डौं । मोडल तथा निर्माता भीम धिताल (स्माइल)ले गायिका अन्जु पन्त सँग सहकार्य गर्दै एउटा खुशी बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । यो गीतबाट धितालले निर्देशनमा समेत आफूलाई अगाडी बढाएका छन् ।

पन्त र एरेन्जर समेत रहेका विशाल निरौलाको स्वर रहेको गीतका शब्द किरण के उप्रेतीले लेखेका हुन भने सङ्गीत ज्ञानेन्द्र गिरीको रहेको छ ।

विक्रम बुढाथोकी र जिसु कोइरालाको अभिनय रहेको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन । भिडियोको रङ्ग संयोजन र सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । आफ्नै च्यानल बाट सार्वजनिक गरेको भिडियोलाई राजीव समर र भीम धितालले निर्देशन गरेका हुन् ।