विपिनको तस्वीर वोकेर मन्त्रीहरुसँग किन भेटघाटमा व्यस्त छन राजदूत गोडर

काठमाडौँ । नेपाल स्थित इजरायली राजदूतावबासका राजदूत हनान गोडर पछिल्लो केही समय यता सिंहदरबार भित्र मन्त्रीहरुसँग भेटघाटमा नै व्यस्त देखिएका छन् । प्लालेस्टाईनले इजरायलमाथि गरेको आक्रमणका क्रममा वेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीको फोटो देखाउँदै राजदूत गोडर मन्त्रालय धाईरहेको देख्न सकिन्छ ।
केही समय अघि लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजराय पुगेका विद्यार्थीहरुले मध्ये केहीले प्यालेस्टाईनको आक्रमणमा परी ज्यान गुमाउनु परेको थियो भने केही घाइते भएको थिए । विपिन जोशी भने अन्य विदेशी नागरिक जस्तै अपहरणमा परि वेपत्ता भएका छन् ।
प्यालेस्टाइनले इजरायलबाट अपहरण गरी वेपत्ता बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको तस्वीर वोकेर राजदूत गोडर मन्त्रालय किन धाईरहेका छन् भन्ने कुरा कसैले पनि चासो दिएको देखिँदैन । राजदूत गोडरले आफ्नो देशको सरकारसँग जोशीको खोजीका लागि आग्रह गर्ने हो कि नेपाल सरकारका मन्त्रीहरुसँग त्यही तस्वीर देखाए भेटघाटलाई तीव्र बनाउने हो ? प्रश्न उब्जिएको छ ।
परराष्ट्र मन्त्रीदेखि विभिन्न मन्त्रीहरु भेट्ने र विपिन जोशी छिट्र्ट रिहा हुने आश्वासन दिने काम राजदूत गोडरले गर्नुलाई कुटनीतिक मर्यादा विपरित भएको विज्ञहरु बताउँछन् ।
अहिले नेपाल स्थित इजरायली राजदूत बेपत्ता पारिएका जोशीका तस्वीर वोकेर मन्त्रालय धाउने क्रममा विहीबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीसँग भेट्न पुगेका छन् । मन्त्रीसँग भेटेर उनले जोशी छिट्टै रिहा हुने आश्वासन दिएका छन् । राजदूत गोडरले तस्वीर वोकेर मन्त्रालय धाउदै मन्त्रीहरुलाई रिहा हुने आश्वासन दिनुलाई शकाको दृष्टिकोणले हेरिन थालिएको छ ।
जोशी छिट्टै रिहा हुन्छन् भन्न सक्ने राजदूतले उनको अवस्थाका बारेमा पनि केही पनि बताएका छैनन । पछिल्लो समयमा विपिन जोशीको तस्वीर वोकेर राजदूत गोडर भेटघाटमा तीव्र देखिएका छन् । त्यसबाट कुटनीतिक क्षेत्रमा पनि शंका उपशंकाले हेर्न थालिएको छ ।