८४ मा काठमाडौ जिल्ला लाल किल्ला हुने ओलीको दावी

काठमाडौं । देशमा प्रजातन्त्र प्राप्तिपछिको दोश्रो आम निर्वाचनमा काठमाडौंमा धेरै क्षेत्र नेकपा एमालले जितेको थियो र भनिएको थियो काठमाडौं जिल्ला, लाल किल्ला । तर अहिले अवस्था त्यस्तो छैन । तर पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८४ सालको निर्वाचनमा काठमाडौं जिल्ला लालल किल्ला हुने दावी गरेका छन् । शनिबार एमाले काठमाडौं जिल्लाको अधिवेशनमा बोल्दै उनले कार्यकर्तालाई काठमाडौ लाल किल्ला हुने सपना बाँढेका छन् ।

अधिवेशनलाई सम्वोधन गर्ने क्रममा अध्यक्ष ओलीले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउँमा बुझाउने देखेपछि आफूले संसद बिघटन गरेको समेत खुलासा गरेका छन् । संसद विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको उनको भनाइ छ।

ओलीले आफू नेतृत्वको सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरे। राष्ट्रियरअन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरे पनि एमालेको कार्यकर्ता पंक्तिले पार्टीलाई बचाएको उनले बताए।