ओलीकाे सपनामा देउवाकाे माेज

काठमाण्डाै । ओलीकाे प्रधानमन्त्री बन्ने सपनाका कारण सत्ता साझेदार दल भएर पनि एमालेले सरकार छाडेेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई अंगालाेबाट हुत्याइदिएका छन् ओलीले । एमाले र काँग्रेस सैदान्तिक रूपले नदीका दुई किनारा भएकाे भए पनि सत्ताकाे रसस्वादका लागि ओली र देउवा रातारात एक भएका छन् ।

हुन त कुनै पनि बेला बदला लिन सक्ने गरि दाहालसँग अंकमाल गर्न पुगेका ओलीले पाँचबर्ष सम्म नेतृत्व लिन नपाउने संकेत देखिएपछि देउवा शरणमा आएकाे उपयुक्त समय पारेर दाहालसँग डिभाेर्स दिन खाेजेका हुन् ।

अब मुलुक दुई शक्तिशाली दलकाे पाेल्टामा पुग्ने छ । सत्ता र शक्तिका लागि बिचार एवं सिद्धान्तलाई तिलाञ्जली दिएर ओलीकाे सपनामा देउवाले कहिलेसम्म माेज गर्छन् त्याे भाे हेर्न वाँकी छ ।