सप्तकोशीमा पानीको सतह बढ्यो, नदी किनाराका बासिन्दालाई सुरक्षित रहन आग्रह, ४१ ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको सतह उच्चदरमा बृद्धि हुन थालेपछि कोशी व्यारेजको ४१ वटा ढोका खोलिएको छ । शुक्रबारदेखि निरन्तर परेको बर्षाका कारण सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । पानीको सतह बढेपछि आईतवार बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।