विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बर्खास्त, हितेन्द्रदेव शाक्य नियुक्त

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई हटाउँदै उनको ठाउँमा शाक्यलाई नियुक्त गरेको हो ।

कार्यकारी निर्देशक घिसिङले सरकारलाई नटेरेको भन्दै उर्जा मन्त्रालयले पटक-पटक स्पष्टीकरण सोध्दै हटाउन खोजेको थियो।

ऊर्जामन्त्री दीपक खड्काले उनलाई हटाउन नसकेपछि मन्त्रिपरिषद्ले नै निर्णय गरेर हटाएको हो । घिसिङले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको हुँदा हटाउने र अघिकार सम्बन्धित मन्त्री र मन्त्रालयलाई नभएको बताउँदै आएका थिए । एक किसिमले भन्ने हो भने मन्त्री खड्का र घिसिङबीच वाक युद्ध चल्दै आएको थियो ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको थियो ।