पूर्वराजा ज्ञानेन्द्रले भने,‘ तीनकुने घटना निकै दुखद्, पृथ्वीपथको मूल सार नै राजनीति’(भिडियो)

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले चैत १५ गते कोटेश्वरमा भएको घटना निकै दुखद् भएको नयाँ वर्षको पूर्वसन्ध्यामा दिएको भिडियो शुभकामना सन्देश मार्फत बताएका छन् । २०८१ साल सकिँदै गर्दा घनघोर निराशा भएको धेरै साल भएको धारणा प्रस्तुत गरेका छन् । भिडियो सन्देश मार्फत शाहले समाजका विभिन्न दल, बर्ग र समुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको भन्दै त्यस्तो धारण प्रस्तुत गर्दा सवैले संयम अपनाउनु पर्ने बताए ।

कोटेश्वरको घटनामा भएको मानवीय र भौतिक क्षति भएकामा निकै दुख लागको बताउँदै नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदै भन्दै वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो वा नराम्रो जनगुनासो वा गुनगान सुन्न परम्परार संस्कार हुन्छ , शाहले भनेका छन् ।

नेपाली जनतामा देश र जनताको भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई आफूहरुले सकारात्मक रुपमा लिएको समेत बताए । नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्व मै अनुकरणीय र अनुशरणीय भएको पनि भिडियो सन्देशमा दिएका छन् ।
देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता पैदा भएको र त्यसले नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहना अनुरुपको परिणाम हासिल हने विश्वास लिएको धारणा राखेका छन् ।

उनले भिडियो सन्देशमा भनेका छन, मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले योगदान पु¥याउँदै आएको स्मरण समेत गराएका छन् । उनले राष्ट्रियता, प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको परम्परामा आफूहरुको मान्यता रहेको समेत उनले बताए ।

शुक्रबार दिउँसो सार्वजनिक भएको पूर्व राजा ज्ञानेन्द्रको भिडियो सन्देमा, वर्तमानमा बदलिँदो जनचाहनाको समेत कदर गर्दै राज्यशक्तिको श्रोत जनता नै हुन् भन्ने मञ्जुरी सदैव स्थापित हुने पर्नेमा जोड दिएका छन् । वडामहाराजधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशलाई नै अवको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला भन्ने प्रश्न समेत गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, सन्तुलित कुटनीतिक सम्वन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार भएको समेत उल्लेख गरेका छन । भने राजनीतिको मूल धार हुनु पर्ने हो भनेका छन् ।

ताजा अपडेट