कोभिड उपचारका नाममा ठूला अस्पतालको लुट धन्दा

काठमाडौं । नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण बढ्दै गएपछि अहिले काठमाडौंका अस्पतालहरुमा कोभिड विरामीका लागि छुट्याइएका बेडहरु भरिभराउ भएका छन् । सरकारले कोभिडका विरामीका लागि अस्पतालमा बेड नभएको सूचना सार्वजनिक गरेपछि ठूला अस्पतालले भने विरामीको उपचारका नाममा लुट धन्दा मच्चाईरहेका छन् ।

विश्व महामारीका रुपमा फैलिएको कोभिडका कारण विश्वका अन्य देश जस्तै यतिखेर नेपाल पछि चपेटामा पर्न थालेको छ । यही मौकामा ठूला अस्पतालले भने सेवाका नाममा विरामीका परिवारको ढाड सेक्ने काम गरिरहेका देखिन्छ ।

कोभिडका विरामीलाई निजी अस्पतालहरुले दैनिक ५० हजारसम्म शुल्क लिने गरेको देखिन्छ । सिनामंगलेको काठमाडौं मेडिकल कलेज, धुम्वाराहीमा रहेको ह्याम्स अस्पतालले त सार्वजनि सूचना निकालेर नै उनीहरुले आफ्नो लुट धन्दालाई अझ व्यापक बनाएको देखिन्छ ।

निजी अस्पतालले चर्को शुल्क लिएर कोभिडका विरामीलाई भर्ना गर्न थालेपछि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाज पराजुलीले त्यस्ता अस्पतालका विरुद्ध उजुरी आए कार्वाही गर्ने चेतावनी समेत दिएका छन् ।

मुलुकको यस्तो विपद्का अवस्थामा आम नागरिकहरुलाई सस्तो र सहज उपचार गराउने पर्नुेमा उल्टै चर्को शुल्क लिएर लुट धन्दा मच्चाउने अस्पतालहरुलाई सरकारले कार्वाहीको प्रक्रिया अगाडि बढाउने कार्य तत्काल गर्नु पर्दछ ।