महामारीमा लागुऔषध काराेबारी सक्रिय, पक्राउ गर्दै प्रहरी

काठमाडाैं । महामारी फैलिएसँगै सीमानाकाबाट  प्रतिबन्धित लागुऔषधकाे आयातमा पनि वृद्धि भएकाे पाइएकाे छ । महामारीकाे बेला प्रहरी अक्सिजन खाेज्न भाैंतारिएका बेला लागु औषधका काराेबारीलाई भने एक किसिमले चिठ्ठा परे जस्तै हुन गयाे ।  यसैबीच प्रहरी पनि सक्रिय भएकाे छ ।

 

प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका वर्ष ३० का असोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्द रहेका छन् ।

 

पक्राउ परेका दुवै जनाको साथबाट ८ दशमलव ६९० ग्राम खैरो हिरोइन बरामद भएको छ । प्रहरीले यस विषयमा चनाखाे भएर अनुसन्धान गरिरहेकाे छ ।