शपथ ग्रहण गर्नु अघि नै मन्त्री छान्न बालुवाटारमा बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अन्य दलको खेल अन्त्य हुँदै आज शुक्रबार पुनः ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपा विभाजन भएर पुरानै अवस्थामा फर्किएपछि माधवकुमार नेपाल प्रचण्डतिर लागेका छन् भने ओलीले नेकपा एमालेकै नेतृत्व गरेर पुन तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् ।

प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नु अघि अहिले बालुवाटारमा नयाँ बन्ने मन्त्रीपरिषद्का ककसलाई मन्त्री बनाउने भन्ने बारे छलफल गर्न ओलीले आफू निकट नेतालाई बोलाएर छलफल गरिरहेका छन् ।

आजै ओलीले सानो आकारमा मन्त्रिपरिषद बनाउने भएका छन्। प्रधानमन्त्रीमा ओलीले सपथ लिएसँगै मन्त्रीहरूलाई पनि सपथ खुवाउने तयारी छ।

त्यसैका लागि ओलीले बालुवाटारमा नेताहरूसँग परामर्श गर्न लागेका हुन् ।

ओलीले पुरानै मन्त्रीलाई निरन्तरता दिन्छन् कि नयाँ नियुक्त गर्छन् भन्नेबारे अहिले टुंगो लागिसकेको छैन।