कर्णाली प्रदेशकै ठूलो सरकारी अस्पतालले जनायाे बिरामी भर्ना गर्न असमर्थता

कर्णाली ।  काेराेनाकाे संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेशको प्रदेश अस्पतालले बिरामी भर्ना लिन असमर्थता जनाएकाे छ । याे सरकारी अस्पताल हाे । बिरामीको चाप बढेपछि राख्ने ठाउँ नभएकाेले   सरकारी अस्पतालले नै यसरी  बिरामी भर्ना गर्न नसक्ने सूचना जारी गरेकाे हाे । अक्सिजनको आपूर्ति हुन नसकेकाले बिरामी भर्ना गर्न  असमर्थ रहेकाे कुरा अस्पतालले विज्ञप्ति जारी गरी बताएकाे हाे । कर्णाली प्रदेशको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले शुक्रवार जारी गरेकाे सूचनामा याे कुरा बताइएकाे हाे ।

 

नीजि अस्पतालले काेराेनाकाे बिरामी लिन अस्वीकार गर्दै बसेकाे बेला सरकारी अस्पतालकाे याे अवस्थाले सर्वसाधारण मारमा पर्ने निश्चित छ ।  कर्णाली  प्रदेश अस्पताल कर्णाली प्रदेशकै ठूलो सरकारी अस्पताल मानिन्छ ।  अस्पतालको सूचनामा लेखिएको छ, ‘नेपालगञ्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेको कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ । सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति यस अस्पताल क्षमाप्रार्थी छ ।’