उपेन्द्रले बाेलाए आफू निकटका सांसदकाे भेला

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएका छन् । सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयन लगायतका विषयमा छलफल गर्न पार्टीको अनौपचारिक बैठक बोलाएको बताइएको छ । जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चारजना सांसदलाई कारवाही गरिएको थियो ।

यादव पक्षका नेताको दावी अनुसार संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतका आधारमा काँग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर सरकार बनाउने निर्णय यादव समूहले थियो । तर पछिल्लो समय जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरले १९ जना सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । र सोही हस्ताक्षरको आधारमा राजेन्द्र महतो संसदीय दलका नेता बनेका हुन् । तर चारजना सांसदले दुवैतिर हस्ताक्षर गरेका छन् । त्यसैले संसदीय दलको बहुमत कसको पक्षमा छ भन्ने अन्याैल कायमाै छ ।  साेही विषयमा छलफल गर्न उपेन्द्रले  आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएकाे हाे ।