संक्रमणबाट १९६ जनाको मृत्यु, सक्रिय संक्रमित १ लाख १४ हजार ५२९

काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना कोरोनाभाइरस संक्रमण मुक्त भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुुसार पछिल्लो २४ घण्टामा ६८९१ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको छ । साथै पछिल्लो पछिल्लो २४ घण्टामा मुलुक ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।  योसँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । मन्त्रालयकाअनुसार अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ ।