जनमत संग्रहको लागि राजनैतिक पार्टीहरु तयार भए संयुक्त सरकार : विप्लव

काठमाडाैं ।  नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले जनमत संग्रहको लागि राजनैतिक पार्टीहरु तयार रहने हो भने उनको पार्टी संयुक्त सरकार बनाउन तयार रहेकाे बताएका  छन् । शनिबार एक विज्ञप्ति जारी गरी उनले यस्ताे बताएका हुन् । उनी अहिले प्रधानमन्त्रीको सपाेर्ट पनि नजानिँदाे पाराले गरिरहेको बुझिन्छ । उनले लेखेका छन्,‘ जनमत संग्रहको लागि राजनैतिक पार्टीहरु तयार रहने हो भने हाम्रो पार्टी संयुक्त सरकार बनाउन तयार छ ।’

उनले थपेका छन्, ‘ यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो । यो सत्ता र व्यवस्थाको सङ्कटलाई सरकारको मात्र असफलता बताएर फरि पनि संसदीइ व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूला अन्तर्विरोध र सङ्कटमा धकेल्ने मात्र हुनेछ । ’