नेपालमा हालसम्म ६ हजार १५३ संक्रमितको मृत्यु

नेपालमा हालसम्म ६ हजार १५३ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो तथ्यांकमा यस्ताे देखिएकाे हाे ।

त्यसैगरी  पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९८० जनामा पोजेटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमित कोरोना मुक्त भएका छन् भने १२९ संक्रमितको मृत्यु भएको छ ।

अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १० हजार ८६ पुगेको छ भने ३ लाख ८३ हजार ६४८ निको भएका छन् भने ६ हजार १५३ संक्रमितको मृत्यु भएको हो ।