बाबुले हँसिया झटाराे हान्दा छाेराकाे ज्यान गयाे

बाँके। बाँकेमा बाबुले हँसिया झटाराे हान्दा छाेराकाे ज्यान गएको छ ।

कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २० वर्षीय पोषण वलीको धारिलो हतियार हसियाँ प्रहारबाट मृत्यु भएको हो ।

घरायसी बादविवादका हुँदा उनकै बुबा ५० वर्षीय ठाकुर प्रसाद वलीले हसियाँ प्रहार गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनलाई  उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको र उनको अस्पतालमा ज्यान गएकाे पनि नेपालगंज प्रहरीले जानकारी दिएकाे छ ।

बाबु नै छोराको मृत्युको कारण बन्न पुगेको प्रहरीकाे प्रारम्भिक अनुसन्धान छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।