गैंडाकोटका करिब ४५ घर डुबान

नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट वडा नम्बर ४ का करिब ४५ घर डुबानमा परेका छन् । लगातार परेको पानीका कारण गैंडाकोटका ४५ घर डुबानमा परेको बताइएको छ ।

नमुना स्कुलदेखि पश्चिम कांग्रेसचोकबाट उत्तरतर्फका ४५ घर डुबानमा परेको वडा अध्यक्ष कृष्ण न्यौपानेले इकालोपाटीलाइ बताए । उनकाअनुसार बाढीको पानीले निकास नपाउँदा घरहरू डुबेका हुन् । ‘अधिकांश घरका भुइँतला पानीले भरिएको छ ।’

न्यौपानेले थपे, ‘महेन्द्रराजमार्गका कारण बाढीको पानीले निकास नपाउँदा बस्ती डुबानमा परेको हो । महेन्द्रराजमार्गदेखि उत्तरको बाढीले निकास नपाउँदा बर्सेनि यो टोल बाढीले डुब्ने गरेको छ ।