१४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने गगनको घोषणा

काठमाडाैं । कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । 

आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत काठमाडौं वडा नम्बर ३० समितिले सोमवार आयोजना गरेको कार्यक्रममा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

‘आज म मेरो वडा, जसले मलाई राजनीति सिकायो, आधार भरोसा सिकायो मेरो वडाका अग्रज र साथीहरूको बीचमा १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु,’ थापाले भने । उनले कुन प्यानलबाट महाधिवेशन लड्ने बताएका छैनन् । 

कांग्रेसका नेतृत्वका दाबेदार सबैले गगनलाई आफ्नो प्यानलमा पार्न कोसिस गरिरहेका छन् । नवौँ महाधिवेशनमा पनि गगनले महामन्त्रीमा उम्मेदवारी दिएका थिए । त्यो बेला उनी आफ्नै ससुराबुबासँग एउटै पदमा लडेका थिए । दुवै उम्मेदवार पराजित हुँदा शशांक कोइराला विजयी भएका थिए । 

कांग्रेस महाधिवेशनका लागि विमलेन्द्र निधिले २ दिन अघिमात्र सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । 

कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।