झलनाथको स्वागतार्थ माधव नेपाल विमानस्थलमा

काठमाडौं । एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतमा लामो उपचारपछि आज स्वेदेश फर्किँदैछन् ।

खनाललाई स्वागत गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।नेता खनालले भारतको एपोलो अस्पतालमा आफ्नो मिर्गौला प्रत्यारोपण गराएका थिए ।

त्यहाँ उपचाररत छँदा नेपालमा एमाले विभाजित बनेपछि उनले एकीकृत समाजवादीका पक्षमा आफूलाई उभ्याएका छन् । उनले भारतबाटै आफ्नो वारेसनामा निर्वाचन आयोगमा पठाएका थिए ।