७ दशमलव ६ प्रतिशतले घट्यो रेमिट्यान्सको आप्रवाह

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो महिना नेपालमा रेमिट्यान्सको आप्रवाह ७ दशमलव ६ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैङ्कले मङ्गलवार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा समीक्षा अवधिमा २ खर्ब ३९ अर्ब ३२ करोड रेमिटेन्स नेपालमा आएको जनाइएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा रेमिट्यान्स आप्रवाह १२।७ प्रतिशतले बढेको थियो ।

असोजमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७।७ प्रतिशतले घटेर २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७।६ प्रतिशतले बढेको थियो । हरेक वर्ष असोज महिनामा विदेशबाट धेरै रेमिट्यान्स आउने गरेको थियो । तर यस वर्ष मुख्य सिजन मानिने दसैँको बेला नै रेमिट्यान्स आप्रवाहमा कमी आएको हो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भई ६६,३१६ पुगेको राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९६।८ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैङ्कका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४,८२३ पुगेको छ अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो सङ्ख्या ७८।६ प्रतिशतले घटेको थियो ।